मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो
उजाडिएको जीवन कसरी बहार गास्थ्यो
चिन्तामा मेरो एक्लै तिमीले नरम्नु कहिले
निरास जिन्दगी यो के होस थियो जो पहिले
मेरो उपेक्षालाई रमझम के ब्यर्थ भर्छौ
ओइलाई गएको मनमा के गीत आस गर्छौ
सुनसान मेरो हृदय गुञ्जाई पाउँछौ के
टुटेको कल्पनामा तम्सेर आउँछ के
मेरो बिदाइलाई साइत रति तिमी नखोज्नु
भेट्छौ म उही उस्तै बिर्सी पनि नसोच्नु