Mero Chheu Na Aau Mayalu - Binod Syangden
मेरो छेउ न आऊ मायालु - विनोद स्याङ्देन
Recorded live during 'Paleti with Binod Syangden - November 2012'
Composer: Binod Syangden
Lyricist: Kamal Gurung

शब्द: कमल गुरुङ
Lyrics
Nepali
Transliterated

मेरो छेउ न आऊ मायालु
म बर्बाद भइसकेछु
मेरो नाम न लेऊ मायालु
म बदनाम भइसकेछु

मैले चुमेको हर कली बर्बाद हुन्छ रे
मैले हिंडेको हर गल्लि बदनाम बन्छ रे
मलाई बचाउने हर मात उपहास बन्छ रे
मेरो बिरोधी आवाज पनि परिहास बन्छ रे

मैले लाएको हर माया अपराध हुन्छ रे
मैले बाँचेको हर पल अभिशाप बन्छ रे
मेरो नीलो आकाश पनि बिनाश बन्छ रे
मेरो आफ्नै अनुहार पनि परिहास बन्छ रे