Mero Haatmaa - Kunti Moktan
मेरो हातमा - कुन्ती मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'
Lyrics
Nepali
Transliterated
Translated

मेरो हातमा न गीता थियो
न बाइबल थियो न कुरान थियो
पहिलो रोदनमा जब नेत्र खुल्यो
जगको सब सृष्टि समान थियो

तनभित्रको रातो रगत उही छ
मुटुको चारखण्ड पनि उही छ
किन कोही ईसाई र शिख भयौ
किन हुन्दू र अनि मुस्लिम भयौ

कति सुन्दर छ कति आत्मीय छ
सबै सृष्टि वरीपरी घुम्दछ
गोधुलि छ उही उषा छ उही
नील नभ छ उही सूर्य चन्द्र उही

कसले के लिई जगमा झर्‍यो
परधर्म बिना भवर को तर्‍यो
यही प्रश्नको उत्तर खोज्नु छ
भेदभाव सबै हटाउनु छ