Mero Khukuriko - Shila Bahadur Moktan
मेरो खुकुरीको - शिला बहादुर मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'
Lyricist: Rajendra Thapa
Original Singer: Ram Krishna Dhakal

शब्द: राजेन्द्र थापा
मूल गायन: राम कृष्ण ढकाल
Lyrics
Nepali
Transliterated

मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी?
मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी?
पहिले खस्थ्यो वैरीमाथि
पहिले खस्थ्यो वैरीमाथि
अहिले खस्छु भन्छ आफन्तैमाथि
हो, अहिले खस्छु भन्छ आफन्तैमाथि
मेरो खुकुरीको नौलो कथा
पूर्व थिएन, पश्चिम थिएन
उत्तर, दक्षिण पनि थिएन
ओ, पूर्व थिएन, पश्चिम थिएन
उत्तर, दक्षिण पनि थिएन
एउटै घर, एउटै परिवार
पर्खाल कतै थिएन
मन-मन आज फाटको देख्छु
जताततै पर्खाल देख्छु
के भयो? किन दैव लाग्यो मैमाथि?
के भयो? किन दैव लाग्यो मैमाथि?
मेरो खुकुरीको नौलो कथा
आस भएन, साथ भएन
ढल्दा समाउने हात भएन
ओ, आस भएन, साथ भएन
ढल्दा समाउने हात भएन
विश्वास गरी अँगालो भरी
मस्त निदाउने काख भएन
कराईकराई म बोलिरहेछु
डराईडराई मन खोलिरहेछ
के भयो? किन वज्र खस्यो मैमाथि?
के भयो? किन वज्र खस्यो मैमाथि?
मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी?
पहिले खस्थ्यो वैरीमाथि
पहिले खस्थ्यो वैरीमाथि
अहिले खस्छु भन्छ आफन्तैमाथि
हो, अहिले खस्छु भन्छ आफन्तैमाथि
मेरो खुकुरीको नौलो कथा