Mero Manko Aanganama - Daisy Baraili
मेरो मनको आँगनमा - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Gautam Lepcha
Lyricist: Puran Giri

सङ्गीत: गौतम लेप्चा
शब्द: पुरण गिरी
संगीतकार गौतम लेप्चाको यो कम्पोजिसन युनिक त छ नै डेजी बराइलीको पलेँटीमा उनलाई हार्मोनियममा साथ दिइरहेका चन्दन लोम्जेलको वाद्यवादन पनि उम्दा देखिन्छ ।
Lyrics
Nepali
Transliterated

मेरो मनको आँगनमा फूल चोखो फुल्यो
यही मन भित्र कहिँ आँधी हुरी चल्यो

ईन्द्रेणीको रङ्ग थियो चोखो मेरो फूलको
ईश्वरको सृष्टि थियो बेग्लै मेरो फूलको
शीतको थोपा परागभरि
खेल्ने गर्थ्यो डालीभरि
यस्तै सुन्दर आफ्नै संसार थियो
मेरो मनको आँगनमा फूल चोखो फुल्यो
यही मन भित्र कहिँ आँधी हुरी चल्यो
मेरो मनको आँगनमा

चिसो मीठो बतासँग लुकामारी खेल्थ्यो
केही क्षण लजाउँदै सुबास छरी हिंड्थ्यो
शीतको थोपा परागभरि
खेल्ने गर्थ्यो डालीभरि
यस्तै सुन्दर आफ्नै संसार थियो
मेरो मनको आँगनमा फूल चोखो फुल्यो
यही मन भित्र कहिँ आँधी हुरी चल्यो
मेरो मनको आँगनमा