Mero Maya Marsyangdiko - Badri Durga Kharel
मेरो माया मर्स्याङदीको - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

मेरो माया मर्स्याङ्दीको पानी जस्तै छलल
मेरो माया रेशमको रुमाल जस्तै झलल
मेरो माया कसको नी भाग्यमा उसको सिउँदोमा
मेरो माया बादलको भुवा जस्तै सलल

रोजे पाईन्न कतै खोजे पाईन्न
सुन जस्तो मनको माया फेरि पाईन्न
मागिहाल लगिहाल मन खोली दिएको
चुकाएमा यो माया मरे पनि पाईन्न
मेरो माया गुँरासको फुल जस्तो झलल
मेरो माया ढाकाको टोपी जस्तो टलल

बेच्नु सकिन्न किने किन्नु सकिन्न
बाचा बन्धन चाहिन्छ छिन्नु सकिन्न
आत्म तर दिईहाले सित्यैमा तिमीलाई
भोली मन यै हुन्छ भन्नु सकिन्न
मेरो माया सपनाको देश जस्तै झलल
मेरो माया वैशाखको हावा जस्तै सलल