Mero Mayako Sansar - Tara Thapa
मेरो मायाको संसार - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Amber Gurung
Lyricist: Chadani Shah

सङ्गीत: अम्बर गुरुङ
शब्द: चाँदनी शाह
Lyrics
Nepali
Transliterated

मेरो मायाको संसार धेरै ठुलो काहाँ छ
तिम्रो पोते र सिन्दुर भरीमा अटेको छ
मेरो सुखको मुहान धेरै टाढा काहाँ छ
तिम्रो खुसी र मुस्कान भरीमा छल्केको छ

कहिले जिस्किएरै भए पनि यो मायाको तिरस्कार नगर
मान्छेको मन कमलो हुन्छ ओइली देला भो खेलाची नगर
मायाकै कुरा न हो त्यती दरिलो काहाँ छ
तिम्रो र मेरो विश्वास भरीमा बाँचेको छ
मेरो सुखको मुहान . . .

कहिले बेहोसीमै भए पनि यो मायाको केही विकल्प नखोज
मान्छेको मन स्वाभिमानी हुन्छ ढुंगा बन्ला त्यो तौलन नखोज
निन्द्राकै कुरा न हो लामो जीवन काहाँ छ
तिम्रो र मेरो सपना भरीमा बितेको छ
मेरो सुखको मुहान . . .