Milan Pani Dekhi Sake - Phatteman
मिलन पनि देखि सकेँ - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Singer: Phatteman
Composer: Nati Kaji

सङ्गीत: नातीकाजी
Lyrics
Nepali
Transliterated

मिलन पनि देखी सकेँ बिछोड पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा सबै सबै देखी सकेँ

थाहा थिएन फूल पनि काँडा बनि बिझ्दो रै’छ
सुहागको घुम्टो पनि आँसुसँगै भिज्दो र’ैछ
हाँसो पनि देखी सकेँ आँसु पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा सबै सबै देखी सकेँ

तृप्ति यहाँ तिर्खाभन्दा जलन दिने किन हुन्छ
माया मेरो सासै पिच्छे रोदन दिने किन हुन्छ
सुख पनि देखी सकेँ दुःख पनि देखी सकेँ
मृत्यू सीवाय जिन्दगीमा सबै सबै देखी सकेँ