Muglanle Bhuleko Chhaina - Daisy Baraili
मुग्लानले भूलेको छैन - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Sharan Pradhan
Lyricist: Sharan Pradhan
Original Singer: Aruna Lama

सङ्गीत: शरण प्रधान
शब्द: शरण प्रधान
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

मुग्लानले भूलेको छैन
आफ्नो रीति बिर्सेका छैनौं
हाम्रो नशा बीच पनि
नेपाली खून बगेको छ है
बिरानो नसम्झ
मुग्लानले भूलेको छैन है

यहाँ पनि खर ढाक्ने
नेपालीको छाप्रो धेरै छ
यहाँ पनि रातोमाटोले लिपेको
नेपाली घर छ
यहाँ पनि देउसे भैलो
देउरालीमा आशिस बाड्दछ
गोबर लिपी चोखो पार्ने
हाम्रो आँगन मैला नसम्झ
नौलाख तारा घटेको छैन
हाम्रो मुटु ढुंगाको होइन
लैबरीको भाखा बोकी
कथेको गीत गाएको सुनी
गुनासो नसम्झ
मुग्लानले भूलेको छैन है

मादलले मुग्लानमा समालाकै भाका बोल्छ
चाडबाडमा बाँसुरीले मालश्रीकै गीत गाउँछ
दही चामल अक्षताले हाम्रो पनि निधार ढाक्छ
मुग्लानमा बाँच्ने हाम्रो नौमती बाजा पञ्चको सुनी
कोहोलो नसम्झ
कथा हाम्रो भूलेका छैनौं इतिहासलाई बेचेका छैनौं
नालापानी सम्झिएर रिसले हाम्रो बलेको आँखा
जुनकिरी नसम्झ
मुग्लानले भूलेको छैन
आफ्नो रीति बिर्सेका छैनौं
हाम्रो नशा बीच पनि
नेपाली खून बगेको छ है
बिरानो नसम्झ
मुग्लानले भूलेको छैन है