Mutubharika Mayaharu - Daisy Baraili
मुटुभरिका मायाहरू - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Basanta Chhetri
Lyricist: Chandra Meet Laksham

सङ्गीत: बसन्त छेत्री
शब्द: चन्द्रमीत लक्सम
संगीतकार बसन्त छेत्री नेपाली आधुनिक संगीतका मूर्धन्य सर्जक हुन् । दावा ग्याल्मोको स्वरमा गुञ्जेका 'शहर भित्र केको हल्ला' र 'रात गहिरिँदै जान्छ'को कम्पोजिशन सुन्दा उनको सांगीतिक गहिराइ अनुमान गर्न सकिन्छ । डेजीको स्वरको प्रस्तुत गीतले बसन्त छेत्रीको उही मौलिकतालाई अँगालेको छ ।
Lyrics
Nepali
Transliterated

मुटुभरिका मायाहरू जिन्दगीका आस्थाहरू
सबै सबै रक्सिको घुटसित साटेर
मायालु भन तिमीले के पायौ

रमाइला क्षणहरू साँचेरसँगै बाँचुला
छाती भित्र वेदना बोकेरसँगै मरुँला
भन्दथ्यौ तिमी खुशीका यस्ता कुराहरू
क्षितिजमा साँझ डुबेको बेला
खुशीका ती हाँसोहरू जिन्दगीका उमेरहरू
सबै सबै रक्सिको घुटसित साटेर
मायालु भन तिमीले के पायौ
मुटुभरिका मायाहरू

जुनीभरि मायाहरू साँचेर सँगै बाँचुला
जन्म जन्मको साथ लिएर सँगै मरूला
भन्दथ्यौ तिमी खुशीका यस्ता कुराहरू
क्षितिजमा साँझ डुबेको बेला
खुशीका ती हाँसोहरू जिन्दगीका उमेरहरू
सबै सबै रक्सिको घुटसित साटेर
मायालु भन तिमीले के पायौ
मुटुभरिका मायाहरू