Naaau Juna - Suraj Kumar Thapa, Sheela Bista
नआऊ जून - सुरज कुमार थापा, शिला विष्ट
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
Singer: Suraj Kumar Thapa, Sheela Bista
Composer: Nati Kaji
Original Singer: Manik Ratna

गायक: सुरज कुमार थापा, शिला विष्ट
सङ्गीत: नातीकाजी
मूल गायन: मनिक रत्न
Recorded during Paleti with Ratna Shasmer Thapa - June 2007
Lyrics
Nepali
Transliterated
Translated

नआऊ जून कोठामा राति मसँग लाडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन

सुकेली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिउँ कसरी कसैको नासो म्वाइको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गैमा जाऊ मलाई यहाँ पछ्याउन छोडेर
नजिक सर्दै सर्दै नआऊ म सँग टाँसीन

उजेली बन्दै अँधेरी बन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
मा श्वासको पनि उनको फेर्छु ब्युँझदा निदाउँदा
प्रेमको हत्या कसरी गरूँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन