Nachadeu Maichang - Meera Rana, Suraj Kumar Thapa
नाच्देऊ मैच्याङ - मीरा राणा, सुरज कुमार थापा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Shambhujit Baskota

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: शम्भुजित बास्कोटा
Lyrics
Nepali
Transliterated

केटा- नाच्देउ मैच्याङ्ग तिमी डम्फुको तालैमा
माया तिमी देउ मलाई बिहे गर्छु आउने सालैमा

केटी- भो भो च्याङ्गवा म त फस्दीन जालैमा
बिहे गरि छाड्यौ भने कस्ले पाल्छ अनिकालैमा

केटा- आजकालको जमानामा के गर्नु डराई
हुनेखानेको छोरा हुँ मैच्याङ्ग अलिकति पढाई
उलिङ्गकाठमा होईन तिमीलाई लैजान्छु मोटर चढाई

केटी- मुखले ठिक्क मनले ठिक्क पारेका हौ कि
बिहे गरेको दुई चार दिनमै सौता ल्याउने हौ कि
रातदिनको झगडाले माईत जान पार्ने हौ कि

केटा- झुठो कुरा बोलेको छैन द्यौता भाकुँला
तिम्रो बाउ र हाम्रो बाउलाई कुरा गर्न डाकुँला
अलि चित्त नबुझे तिमीलाई चारखालमा कागज गरुला

केटी- नपाउञ्जेल कस्तोमा कस्तो पाएपछि सारै नै सस्तो
यो च्याङ्गवाको अनुहार हेर्दा नुन खा’को कुखुरा जस्तो
हुरुक्क नहोउ न च्याङ्गवा चाहिँदैन तिमी जस्तो