नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी
अपनाऊ या नअपनाऊ तिम्रै भो सर्वश्व जे जति
चरीको चिरबिरे बोली फूलेको फूल उपवनको
इन्द्रेणी सिमसिमे पानी घामछायाँ यो जुनीको
मीठो पीठो भेटाएको सुख दुख यो जीवनको
तिम्रै माटोमा हुर्केको हाड छाला समेत यो
चलेको धुकधुकी मेरो तिम्रै स्वतन्त्र शानमा
तिमीलाई नै भयो सारा भलो या कुभलो उपहारमा