Nepali Gaurav Garchhu - Daisy Baraili
नेपाली गौरव गर्छौं - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Sharan Pradhan
Lyricist: Sharan Pradhan
Original Singer: Aruna Lama

सङ्गीत: शरण प्रधान
शब्द: शरण प्रधान
मूल गायन: अरूणा लामा
डेजी बराइली, अरुणा लामाको गायकीलाई आफ्नो आदर्श गायन मान्छिन् । अरुणा लामासँग संगत गरेको दावा ग्याल्मो, डेजी बराइली मात्र होइन अहिलेका नवोदितहरू पनि अरुणा लामाको गायकीबाट सिकिरहेका सुनिन्छन् । साँच्चै शरण प्रधान र अरुणाका सृजनाहरू मनमोहक आदर्श कृतिमा पर्दछन्
Lyrics
Nepali
Transliterated

नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी त होइनौं है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौं है
नेपाली

आज पनि छ धामी झाक्री हाम्रो नेपाली
तर मरेको छैन ठूलो ठूलो वैद्य हाम्रै नेपाली
निधारमा नाम्लो अडाई जीवन काट्ने नेपाली
निधारमै विद्या अटाई विद्वान छ नेपाली
काँधमा मादल भिरी लैबरीमा नाँच्छन् हाम्रो नेपाली
काँधमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली

रावण झैं राक्षस बन्न सक्छन् हाम्रो नेपाली
तर आदर्श रामको भुलिजाने होइन हाम्रो नेपाली
माया गर्नेको हामी मायालु हौं नेपाली
वैरी भएमा विषालु पनि छौं नेपाली
छातीमा माया जति राख्‍न पनि सक्ने हाम्रो नेपाली
छातीमै गोली पनि सही दिन सक्ने हाम्रो नेपाली
नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी त होइनौं है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौं है
नेपाली