Orlinchha Raat - Meena Niraula
ओर्लिन्छ रात - मीना निरौला
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Singer: Meena Niraula
Composer: Dinesh Subba
Lyricist: Dinesh Adhikari
Original Singer: Pavitra Subba

सङ्गीत: दिनेश सुब्बा
मूल गायन: पवित्र सुब्बा
Lyrics
Nepali
Transliterated

ओर्लिन्छ रात आँखामा मेरो
सपनाहरूलाई कसोरी रोकूँ ?
घोच्ने, पिरोल्ने तिमी नै हुन्छौ
सम्बन्ध छैन— कसोरी सोचूँ ?

केके भन्यौ खै ! बाटोमा ल्यायौ
बोल्नै नपाई मनभरि छायौ
पुछेर मेरो शृङ्गार सारा
आँधीमा एक्लै छोडेर आयौ
आशाहरूमा तिमी नै दुख्छौ
खोजूँ त खुसी— कहाँ गै खोजूँ ?
घोच्ने, पिरोल्ने तिमी नै हुन्छौ
सम्बन्ध छैन— कसोरी सोचूँ ?

भाकेर हिँडेँ जे–जे भकायौ
सोधिनँ कहिल्यै कुन बाटो ल्यायौ
टेकेर मेरो विश्वासमाथि
छातीमा ढुङ्गा–मुढा खसायौ
दृष्टिहरूमा तिमी नै खुल्छौ
कहाँ गै अर्को आकाश खोजूँ ?
घोच्ने, पिरोल्ने तिमी नै हुन्छौ
सम्बन्ध छैन— कसोरी सोचूँ ?