Otha bhari Dukchha Jeevan - Suraj Kumar Thapa
ओठभरि दुख्छ जीवन - सुरज कुमार थापा
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Lyrics
Nepali
Transliterated

ओठभरि दुख्छ जीवन, आँखाभरि दुख्छ
हिँडूँ भन्छु पैतालामा जिन्दगी नै दुख्छ

धेरै चोटि आफूलाई खोजिसकेँ मैले
बाँडिचुँडी आफैँलाई हेरिसकेँ मैले
प्रेयसीको अँगालोमा सधैँ रात दुख्छ
हिँडूँ भन्छु पैतालामा जिन्दगी नै दुख्छ

प्युनलाई बाँकी छैन वेदनाको पानी
छुन मन लाग्छ घाउ दुख्ने जानीजानी
बिहानको ब्युँझाइमा सधैँ घाम दुख्छ
हिँडूँ भन्छु पैतालामा जिन्दगी नै दुख्छ