Paailaa Paailaa - Meena Niraula
पाईला पाईला - मीना निरौला
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'
Singer: Meena Niraula
Composer: Suman Shrapit
Lyricist: Tirtha Shrestha
Original Singer: Anju Pant

सङ्गीत: सुमन श्रापित
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: अञ्जु पन्त
कवि तीर्थ श्रेष्ठको कविता कृति 'धर्सैधर्साको चक्रव्यूह' विमोचनका क्रममा आयोजित पलेँटीमा उहाँद्वारा सृजना भएका गीति रचनाहरू पनि प्रस्तुत भएका थिए । प्रस्तुत गीत संगीतकार सुमन श्रापितको धुन हो । अञ्जु पन्तको स्वरमा रेकर्डिङ भएको यो गीतलाई पलेँटीमा कण्ठ-शिल्पी मीना पोखरेलले सुनाएकी थिइन्
Lyrics
Nepali
Transliterated

पाइला पाइला काँढा टेकेँ र फूल भनेँ हजूरलाई
औंसी जस्तो जीवन बाँचे र जून भनेँ हजूरलाई

दु:खका असंख्य ताराहरू छन् छातीको यो आकाशमा
हुर्केका अनन्त भेलहरू छन् दुखेका यी आँखामा
दु:खका गीत मलाई भयो सुखका गीत हजूरलाई
पाइला पाइला काँढा टेकेँ…

भैगो चाहिएन मालाई रातका सुन्दर सुन्दर सपनाहरू
अधरमा भएका मुस्कानका मिठा मिठा सम्झनाहरू
उराठ बगर हुन तयार छु लहरहरू हजूरलाई
पाइला पाइला काँढा टेकेँ र फूल भनेँ हजूरलाई
औंसी जस्तो जीवन बाँचे र जून भनेँ हजूरलाई
पाइला पाइला काँढा टेकेँ...