Pahad Ajhai - Kumar Subba
पहाड अझै - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Ishwor Ballav

सङ्गीत: गोपाल योन्जन
शब्द: ईश्वर बल्लभ
कुमार सुब्बाले सन् २००८ को पलेँटीमा गाउनुभएका गीतमा अधिकांश धुन गोपाल योञ्जनले भर्नु भएको छ र कतिपय गीत त पलेँटीमै पहिलोपटक सार्वजनिक भएका छन् । तिनै लहरमा गीतकार ईश्वर बल्लभको यो रचना...
Lyrics
Nepali
Transliterated
Translated

पहाड अझै सुकेको छैन है, पानी छ कतै पानी छ
बगेको खोला रुकेको छैन, जानु छ कतै जानु छ
छाप्रोमा बत्ती निभेको छैन है, ज्योति छ अझै ज्योति छ
गीतको भाका लुकेको छैन, गाउनु अझै गाउनु छ

हामीले खनी बनेको आली चियाको बोटमा निहुरिन्छ
हामीले गोडी पालेको खेत पूर्वको घाममा फैलिन्छ
उकाली ओराली खाली छैन मानिसको बस्ती छ
हरियो बगान सल्केको छैन जोवन जस्तै हरियो छ
चोटले घाउ दुखेको छैन खुसी छ अझै खुसी छ
पहाड अझै सुकेको छैन..................

यो बेंसी पर्वत गाउँमा जुहारी गीत गम्किन्छ
मायालु हजार अंधेरी भरी समाला अझ गम्किन्छ
कसैले ढोका थुनेको छैन सबैको घर आफ्नै छ
हिउँले हिमाल छाडेको छैन शिखर त्यस्को सेतै छ
यो माटो पराई भएको छैन हाम्रै छ अझै हाम्रै छ

पहाड अझै सुकेको छैन है पानी छ कतै पानी छ
बगेको खोला रुकेको छैन जानु छ कतै जानु छ
छाप्रोमा बत्ती निभेको छैन है ज्योति छ अझै ज्योति छ
गीतको भाका लुकेको छैन गाउनु अझै गाउनु छ