Pahadmathi Nepali - Pratap Subba
पहाडमाथि नेपाली - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Lyrics
Nepali
Transliterated

पहाडमाथि नेपाली बस्छ
नेपालीमाथि पहाड अझ खस्दैछ
दासत्व साङ्लो चुडाउ भनी
सुन नेपाली आवाज अझ उठ्दैछ

माईते र मैच्याङ मार्दैछ
धने र बिरे लड्दैछ
नेपाली शेर झुक्न नदिनु
नेपाली वीर लड्दैछ
लडाइँ हाम्रो पुर्खाको कमाई
एकचोटी फेरि नेपाली लडाइँ लड्दैछ

मान्छेले बाँच्नु शान्तिले
गरीब हुनु कर्मैले हो
मर्म नबुज्ने अधिनमा बस्नु
जानेको छैन नेपालीले
कि मरी जानु कि गरी खानु
नेपाली तिमी कमारो बनी नबस्नु