Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Composer: Gopal Yonjan
Lyricist: Chetan Karki
Original Singer: Aruna Lama

सङ्गीत: गोपाल योन्जन
शब्द: चेतन कार्की
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated
Translated

केटि:
माया-पिरतीको चोखो कथा यो
जुग-जुग सुनाइ सुनाईरहुन्

केटा:
पाखा-पर्वतले गुन्जाईरहुन्
खोला-नालाले गाईरहुन्

केटा:
तिमी चन्द्रमा हौ म धर्तीको धूलो
तिमीलाई छुन खोज्नु कतै भूल त हैन

केटि:
माया हो ईश्वर यो ईश्वर हो माया
प्रभुसँग पिरती कबै भूल हुँदैन
हो कबै भूल हुँदैन
माया पिरतीको माला जपी
दुई मुटु ढुकढुकाईरहुन्

केटि:
खुशी दुई हृदयको सहन्न रे दुनिया
धेरै माया भए बिछोड हुन्छ भन्छन्

केटा:
लगन साँचो भएमा कुनै न कुनै दिन
दुई आत्माको फेरी मिलन हुन्छ भन्छन्
हो मिलन हुन्छ भन्छन्
यो आकाश र धर्ती सरी
अमर माया लाईरहुन्
माया प्रीतीको चोखो कथा यो...