Palaa Palaa - Aavaas
पला...पला... - आभास
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated
Translated

पला–पला जिन्दगीको पात खस्दै गयो
गोधूलिको सङ्घारमा रात खस्दै गयो

आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो
पूmल फुल्दा तिम्रो मात्र याद जाग्दै गयो

कहिले बजेँ तारसँगै आफैँ थर्किएर
कहिले खसेँ ऐना जस्तै फुटेँ चर्किएर
मलाई आफ्नै वेदनाको आघात लाग्दै गयो
तिमी विना आफ्नै आँगन प्रवास लाग्दै गयो