पानी सुक्यो - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: शक्ति बल्लभ
Lyrics
Nepali
Transliterated

पानी सुक्यो बागमतीमा आगो लाग्यो बनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा

सँधैलाई सुक्ने हो कि यो खोलाको पानी
बगर झैँ हुने हो कि मेरो जिन्दगानी
पहिरो कतै गएछ कि मेरो रनबनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा

पिपलको बोट मुनी शितलु त्यो छाया
मन्द मन्द हावाबीच मीठो तिम्रो माया
गीत आज गुञ्जिएन बाँसुरीको धुनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा