Pasang Dai - Suman Thapa
पासाङ दाइ - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

ओ पासाङ दाइ !
पर्ख है पर्ख !

स्लीट ल्याम्प बोकेर आउँदैछु
तिमीलाई सुन्दर संसार देखाउन
ओ बैनी फूलमतिया !
पर्ख है पर्ख !

स्लीट ल्याम्प बोकेर आउँदैछु
तिमीलाई सुन्दर संसार देखाउन
*****
जब तिमीले, देख्नेछौ
तिमीजस्तै, अग्ला अग्ला पहाड
जब तिमीले, देख्नेछौ
तिमीजस्तै, लहलह धानका बाला
जब तिमीले, देख्नेछौ
तिमीजस्तै, हिमाल, गुराँस, झरना
जब तिमीले, देख्नेछौ
तिमीजस्तै, फाँट, जङ्गल, नदी
म भन्नेछु तिमीलाई-
यो तिम्रो देश हो
यो हो तिम्रो देश नेपाल
*****

ओ पासाङ दाइ !
ओ बैनी फूलमतिया !
जब तिमीले, देख्नेछौ
आँगनमाथि नीलो नीलो आकाश
जब तिमीले, देख्नेछौ
घरछेउ गुम्बा, मन्दीर, मस्जीद
जब तिमीले, देख्नेछौ
नौलो नौलो आफैँलाई
तब तिमीले, खोज्नेछौ
मलाई धुइधुइती...
तर म गइसकेको हुनेछु
स्लीट ल्याम्प बोकेर
टाढा गइसकेको हुनेछु
******
ओ चेपाङ दाइ !
ओ राजामामा !
पर्ख है पर्ख !

स्लीट ल्याम्प बोकेर आउँदैछु
तिमीलाई सुन्दर संसार देखाउन