पीर बिसाको हैन मैले सम्झना नै लेख्दैछु
मलाई संधै बिर्से पनि देश रम्झाउन लेख्दैछु
कक्रिएका हातहरुले ढुङ्गामाथि लेख्दैछु
आँशुले लेख्न लाज लाग्छ रगतले नै लेख्दैछु
रुखोरुखो डाँडाबाट केही पठाउन सकिनं
रगत लागेको बालुवा सिंदूर बनाइ पठाउँदैछु
मेरो यादमा सँधै साँचिएका माया देशलाई दिनू
चुरा बिलाइ फलामको खुकुरी बनाइ पठाइदिनू
पीर बिसाको
तिमीलाई घाम छेल्ने बादल फुकेर उडाउँदैछु
तिमीलाई छुन खोज्ने मैलो हात काट्न जाँदैछु
म मरेर केही हुन्न देश यो बचाउँदछु
तिमी उभेको डाँडालाई यहाँ पहिरो देखि रोक्दैछु
म मर्छु यहाँ हजार चोटि यो देशलाई बचाउँदछु
मेरा यी हाडहरु जोडी सीमानामा बार लगाउँदछु
फर्केछु भने ढोकामा देशको झण्डा फहराउनू
फर्किनं भने छोरोलाई सिपाही बनाइ पठाइदिनू