Peerai Peerko Bhari - Aavaas
पीरै पीरको भारी - आभास

गायक: आभास
सङ्गीत: आभास
Lyrics
Nepali
Transliterated

पीरै पीरको भारी बोकी, कता जाने तामाङ दाइ
उभो लागे विगु गुम्बा, उधो लागे नीलो गङ्गा
जहाँ पुगेनी सुख छैन, सपना देख्ने मान्छेलाई
पीरै पीरको भारी बोकी....

पहाड नाघ जङ्घार तर, शीरमाथि उही सूर्य
विसौनी हो यसोधरा, तिम्रा लागि तिमी बुद्ध
पीरै पीरको भारी बोकी....

यो बाटोमा पसिनाको, एक पछि अर्को हिमाल
जति आँसु बहे पनि, आफ्नो लागि आफैं रुमाल
पीरै पीरको भारी बोकी....