Pheri Aaye - Yogendra Upadhyay
फेरि आए - योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'
Singer: Yogendra Upadhyay
Composer: Aavaas
Lyricist: Tirtha Shrestha
Original Singer: Phatteman

गायक: योगेन्द्र उपाध्याय
सङ्गीत: आभास
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: फत्तेमान
गायक फत्तेमानसँग सङ्गीतकार आभासले सहकार्य गर्दा कवि तीर्थ श्रेष्ठका दुईवटा गीतहरू छनोटमा परेका थिए । 'फत्तेमान ७०मा' शीर्षकले सार्वजनिक सँग्रहमा रहेको यो रचनालाई सन् २०१९ मा आयोजित तीर्थ श्रेष्ठसँगको पलेँटीमा भने गायक योगेन्द्रले स्वर दिएका छन् ।
Lyrics
Nepali
Transliterated

फेरि आए सम्झनामा पिरतीका दिनहरू
सिसौका बोटमुनी अंगालोका दिनहरू

जून पनि लाज मान्ने हाम्रा ती रातहरू
सँगसँगै बिताएका बैँसालु ती साथहरू
झरी पर्दा ईन्द्रेणी झैँ हुन्थे हाम्रा दिनहरू
फेरि आए...

शरदका सयपत्री झैँ सुन्दर सुन्दर यादहरू
अझै पनि गुञ्जी रहन्छन् पिरती बातहरू
अब फेरि कहाँ पाउनु उन्मादका दिनहरू
फेरि आए सम्झनामा पिरतीका दिनहरू
सिसौका बोटमुनी अंगालोका दिनहरू
फेरि आए...