Phool Jhare Pani - Robin Sharma
फूल झरे पनि - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Ram Thapa
Lyricist: Subhas Chandra Dhungel

सङ्गीत: राम थापा
शब्द: सुवाश चन्द्र ढुंगेल
Lyrics
Nepali
Transliterated

फूल झरेपनी, काँडा झर्दैन
म मरे पनि मेरो, माया मर्दैन
तारा झरेपनी, जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन

गिलासको पानी जस्तो, माया पोखिदैन
सुन जोख्ने तराजुमा, माया जोखिदैन
ऋतु जस्तो मेरो माया, कहिले फेरिदैन
सस्तो प्रेमपात्र मा, माया लेखिदिन

फूल झरेपनी, काँडा झर्दैन
म मरे पनि मेरो, माया मर्दैन
तारा झरेपनी, जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन

मेरो माया पिपलको पात जस्तो हैन
मन संगै मेरो माया, कहिले बहकिन्न
मेरो माया गुलाफको, फूल जस्तो होइन
मनमा फुल्छ भीरपाखा, बनमा फूल्दैन