Phoolako Thunga - Daisy Baraili
फुलको थुंगा - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Nati Kaji
Original Singer: Tara Devi

सङ्गीत: नातीकाजी
मूल गायन: तारा देवी
२३ जनवरी २००६ मा तारादेवीको निधनको खबर सुन्दा मानभवनस्थित नेपालयको 'आर'शालामा डेजी बराइली; चन्दन लोम्जेल पलेँटी टीमसँग अभ्यास गर्ने तयारीमा थिए । खबरले स्तब्ध उनीहरू हुर्रिँदै तारादेवी निवास पुगे । पार्थिव शरीरमा अश्रुपूर्ण पुष्पगुच्छा अर्पण गरे । फर्केर डेजीले भिनन्- 'म दिदीलाई गीतमार्फत् श्रद्धा अर्पण गर्न चाहन्छु ।
Lyrics
Nepali
Transliterated
Translated

फूलको थुँगा बहेर गयो, गंगाको पानीमा
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

झरीको पछि झुल्केको घाममा नीर सर्‍यो पहाडको
भर्खरै प्रीती, बसेको बेला पीर पर्‍यो बिछोडको
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

नहाँसु भने सखीलाई पीर मै हाँसू कसरी
रोउला राती भनेर आँसु मै साँचु कसरी
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

रातमा मलाई, हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा, सपनाको सुरमा, सम्झ्यो कि प्याराले
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा