Phoolko Thunga - Daisy Baraili
फूलको थुंगा - डेजी बराइली
Singer: Daisy Baraili
Composer: Nati Kaji
Original Singer: Tara Devi

सङ्गीत: नातीकाजी
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

फूलको थुँगा बहेर गयो, गंगाको पानीमा
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

झरीको पछि झुल्केको घाममा नीर सर्‍यो पहाडको
भर्खरै प्रीती, बसेको बेला पीर पर्‍यो बिछोडको
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

नहाँसु भने सखीलाई पीर मै हाँसू कसरी
रोउला राती भनेर आँसु मै साँचु कसरी
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा

रातमा मलाई, हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा, सपनाको सुरमा, सम्झ्यो कि प्याराले
कहिले भेट होला हे, राजै यो जिन्दगानीमा