Piudai Napiune Manchhe - Aavaas
पिउँदै नपिउँने मान्छे - आभास
Singer: Aavaas
Composer: Amber Gurung
Lyricist: Boond Rana
Original Singer: Amber Gurung

गायक: आभास
सङ्गीत: अम्बर गुरुङ
शब्द: वूँद राना
मूल गायन: अम्बर गुरुङ
Lyrics
Nepali
Transliterated

पिउँदै न पिउने मान्छे पिएँ अलिकति
उन्को वचन राख्न लिएँ अलिकति

गल्ती भएको होला मलाई माफ दिनु
हिजो म वेहोशीमा थिएँ अलिकति

जस्लाई सोधे पनि गाह्रो छ जिउन भन्छन्
त्यो हो कि होइन जाँच्न जिएँ अलिकति

मायाको खडेरीमा चीरा परेको छाती
फुर्सद मिलेको बेला सिएँ अलिकति

हो तिम्रो मर्जी चाहे हेला गर कि माया
दिनुथ्यो मौका मैले दिएँ अलिकति