Lyrics
Nepali
Transliterated

खै तिमी काँ निर देख्दिनौ याँ निर
आऊ बस मुख यता पारेर
हात अघि सारेर चकटी तानेर
बस है पलेँटी मारेर
आज म मुडमा छु
गीत गाउने सुरमा छु
सुन्नु गीत हात कानमा हालेर
म गाउँदै जान्छु सुन्दै जाऊ तिमी
मजाले पलेँटी मारेर

हे हातमुख जोड्न काम धेरै गरियो
बाहुला है माथि सारेर
बालख कालमा पो जे पनि पाइन्थ्यो
रोइदिँदा खुट्टा बजारेर
हाँसीमा हाँसी खुशी भै खाइयो
पानीमा गुन्द्रुक तारेर
जत्ति नै दुःख हुँदामा पनि
खाइनँ कसैलाई मारेर
संसारमा कैयौं खुशी भै खान्छन्
अर्कालाई मर्का पारेर
बरू मरी जाउँला तर खान्न कैल्यै
कसैको आँसु झारेर
आज म मुडमा छु
गीत गाउने सुरमा छु
सुन्नु गीत हात कानमा हालेर
म गाउँदै जान्छु सुन्दै जाऊ तिमी
मजाले पलेँटी मारेर

हे झैझगडामै देश पनि बिग्र्यो
कुर्सीमा आँखा गाडेर
कुर्सी त आखिर बन्दैन बाबै
आफ्नै देश बिगारेर
बनाको भन्दै बिगार्दै पो छन्
स्वर्ग जस्तो यो देश
नेपाली मनमा आशा भो झिनो
धेरै हरेसै हरेस
ए जे हुन्छ राम्रै हुन्छ पो भन्छन्
के राम्रो भन्नु खै यस्तो
हेर्दाहेर्दै भो हाम्रो जीवन
किरा फट्याङ्ग्राको जस्तो
खै तिमी काँ निर देख्दिनौ याँ निर
आऊ बस मुख यता पारेर
हात अघि सारेर चकटी तानेर
बस है पलेँटी मारेर

हे आलु र तामा तिम्रै मायामा
हाँसीराको छु मता
सबैलाई आफ्नो ठान्ने बानीले
खाइयो नि साह्रै गोता
पीरैले पोलेर मरीसक्थेँ मता
तिमी नहुँदो होता
आऊ न खै छिटो म बसी राछु
पलेँटी मारेर यता
अंगालो मारेर जाउँला नि अहिले
जता मन लाग्छ त्यता
खै तिमी काँ निर देख्दिनौ याँ निर
आऊ बस मुख यता पारेर
हात अघि सारेर चकटी तानेर
बस है पलेँटी मारेर
आज म मुडमा छु
गीत गाउने सुरमा छु
सुन्नु गीत हात कानमा हालेर
म गाउँदै जान्छु सुन्दै जाऊ तिमी
मजाले पलेँटी मारेर