Pokhiera Ghamko Jhulka - Suraj Kumar Thapa
पोखिएर घामका झुल्का - सुरज कुमार थापा
Composer: Amber Gurung
Lyricist: Hari Bhakta Katuwal
Original Singer: Narayan Gopal

सङ्गीत: अम्बर गुरुङ
शब्द: हरिभक्त कटुवाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

पोखिएर घामको झुल्का भरी संघारैमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है

कति-कति आँखाहरू बाटो छेक्न आउँछन्,
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है

उँडू-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो,
मनको सङ्लो तलाउको पानी कसले चलायो
आफैंलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमीसित सोधूँ-सोधूँ लाग्छ है