Pratikshya Gara - Deepak Kharel
प्रतिक्षा गर - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Shambhujit Baskota
Lyricist: Rajendra Rijal

सङ्गीत: शम्भुजित बास्कोटा
शब्द: राजेन्द्र रिजाल
Lyrics
Nepali
Transliterated
Translated

प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँकहाँ पुर्‍याउँछ
कहिले हसाउँछ कहिले रुवाउँछ
आँसु र हाँसोको सङ्गम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरू
मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग
विपना हो कि भनेर
धैर्य गर मेरी प्रियसी
समयले मानिसलाई कहाँकहाँ पुर्‍याउँछ

उर्लन्छन् कति खोलाहरू
फर्किने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग
धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँकहाँ पुर्‍याउँछ
कहिले हसाउँछ कहिले रुवाउँछ
आँसु र हाँसोको सङ्गम पनि गराउँछ