Purnimako Raat Pani - Deepak Kharel
पुर्णिमाको रात पनि - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Shambhujit Baskota
Lyricist: Shambhujit Baskota

सङ्गीत: शम्भुजित बास्कोटा
शब्द: शम्भुजित बास्कोटा
Lyrics
Nepali
Transliterated
Translated

पूर्णिमाको रात पनि औंशीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्ग्याइहाल्यो

मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको त्यो
तिम्रो दोष हैन सुन मेरै भूल भएकोथ्यो
झिलिमिलि दिन पनि बदलिझैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्ग्याइहाल्यो

एक्लै भएजस्तो लाग्छ ठूलो सहरमाझ
तिम्रो प्रेमी जिउँदै मर्‍यो यो संसारमा आज
सलाईको काँटीजस्तै यो अभागी जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्ग्याइहाल्यो