Purva Gaye Purvai - Pratap Subba
पूर्व गए पूर्वै - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Singer: Pratap Subba
Composer: Chandan Lomjel
Lyricist: Kamal Regmi

शब्द: कमल रेग्मी
Lyrics
Nepali
Transliterated

पूर्व गए पूर्व हजुर बिदेसिको दाग लाग्छ
उत्तर दक्षिण जता गए पाहुनाको भाग लाग्छ
यो जातीको भाग्य कस्तो आफ्नो भन्ने कहि छैन
आसाम, बर्मा,भुटानबाट खेदुवाको ताँत लाग्छ

संसारभरकै युद्धमा अघि बड्ने वीर जाति
शत्रुसित लड्दा लड्दै गोली सहने निडर छाती
तरपनि आफ्नो घरको संघारसमेत पराया नाम
जहाँ गए नमेटिने बिदेशीको छाप लाग्छ

शहर नगर बसाउनमा यो जातिले ज्यान दियो
उन्नतिको मूल खोज्न यै जातिले प्राण दियो
तरपनि आफन्तको नातासम्म जोडिएन
जैले तैले इनाम स्वरुप शरणार्थिको नाम लाग्छ

संसारभरकै बिदेशि भए आफ्नो गाँउ कहाँ खोज्नु
मरिरहे अरुकै लागी आफ्नो नाउँ कहा खोज्नु
सिमानामा गस्ती होईन आफ्नो लागी बन्दुक उठाँउ
होईन भने स्वदेशमै शरणार्थीकै दाग लाग्छ