रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा
जुनीभरि जुत्ता भइयो खाली रह्यो खुट्टा
उकालीमा उक्ल्यौ कति देउरालीमा कति
फेरि पनि तिम्रो खुट्टा हाम्रै शीरमाथि
यो मन फाटे के भो हजूर जुत्ता फाट्नु हुन्न
जुत्ता फाटे के भो हजूर बाटो काट्नु हुन्न
चोखो भयो जुत्ता हाम्रो हामी अझै जूठै
सुन–पानी अछुत हामी तिमी भने चोखै
जुत्ता जस्तो जुनी हजूर कहिले फेरिएला
हामीलाई पनि मान्छे भनी कहिले हेरिएला