Raatko Sapana - Meena Niraula
रातको सपना - मीना निरौला
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'

सङ्गीत: आभास
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: फत्तेमान
कवि तीर्थ श्रेष्ठले लमजुङको भुजुङ भ्रमणका क्रममा भोगेको अनुभवका आधारमा लेख्नुभएको यो गीतलाई गायक फत्तेमानले स्वर दिनुभएको थियो । संगीतकार आभासले गायक फत्तेमानका निम्ति धुन भरेको एलबम- 'फत्तेमान ७०मा' सँग्रहित यस गीतलाई कवि श्रेष्ठको कविता सँग्रह- 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक हुँदा मीना पोखरेलको स्वरमा प्रस्तुत भएको हो
Lyrics
Nepali
Transliterated
Translated

रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा
जुनीभरि जुत्ता भइयो खाली रह्यो खुट्टा

उकालीमा उक्ल्यौ कति देउरालीमा कति
फेरि पनि तिम्रो खुट्टा हाम्रै शीरमाथि
यो मन फाटे के भो हजूर जुत्ता फाट्नु हुन्न
जुत्ता फाटे के भो हजूर बाटो काट्नु हुन्न

चोखो भयो जुत्ता हाम्रो हामी अझै जूठै
सुन–पानी अछुत हामी तिमी भने चोखै
जुत्ता जस्तो जुनी हजूर कहिले फेरिएला
हामीलाई पनि मान्छे भनी कहिले हेरिएला