Raato Ra Chandra Surya - Phatteman
रातो र चन्द्र सुर्य - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Singer: Phatteman
Composer: Amber Gurung
Lyricist: Gopal Prasad Rimal
Original Singer: Amber Gurung

सङ्गीत: अम्बर गुरुङ
शब्द: गोपाल प्रसाद रिमाल
मूल गायन: अम्बर गुरुङ
Lyrics
Nepali
Transliterated
Translated

रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो

हिमाल झै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा, कयौ प्रहार आए
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो

जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो
गाई सरी छन साधु, जो जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो