Royera Janchhu - Kumar Subba
रोएर जान्छु - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

रोएर जान्छु आफै नै म त रुवाइ जाँदिन
यी दामी दामी आँशुका थोपा कसैलाई बाँडदिन

म सित जे छन् त्यही छ प्यारो त्यसैलाई अँगाल्छु
ठोकरै ठोक रहेछ भने त्यसैलाई संगाल्छु
कसैको माया कसैको दया मलाई चाहिन्न
आफै नै लड्छु आफै नै उठ्छु सहारा चाहिन्न

मायालुलाई मारेछु मैले मुटु निचोरेर
झुक्याउने छैन फेरि कसैलाई म सुधो भएर
देखाइदिन्छु म पूरा छाति उदाङ्गो पारेर
बेच्दिनं म त यो थोत्रो माया सुनैले बेरेर
मेरै नै कथा मेरै नै व्यथा मसंगै पुरिन्छ
यो प्यारो व्यथा अरुको जिम्मा लाएर जाँदिन