Rudai Chhu ma - Kunti Moktan
रूँदै छु म - कुन्ती मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: बुद्धवीर लामा
Lyrics
Nepali
Transliterated
Translated

रुँदै छु म गैह्रीखेतमा तिमी परदेशमा
सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा

आजै बिहान काली कौवा किन करायो
कस्तो खबर आउँछ भनी यो मन डरायो
पीरै पीरले जिन्दगी भो दुख सागर
तिमी बिना छैन मलाई हाँस्ने रहर

फुर्फुरायो दाहिने आँखा सोच्न कर लाग्यो
हुलाकी ल्या'को चिठी खोल्न डर लाग्यो
खोलूँ भने सधैँ साईनो टुट्ने हो कि
नखोलूँ त कलेजीमा घाउ दुख्ने हो कि