Sabaile Bhanthe - Meena Niraula
सबैले भन्थे - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आशुमा म फूलें
म आफैं भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलें

सुन्दछु मेरो यै धर्तीभित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्‍नेले भन्थे उडेर एक दिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलें

न घर मेरो न वन मेरो यै मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एक दिन सागर पुग्छु
दिनले हजुर खोलामै म सुकें