साँची राखुँ भने वैँश साँच्नै सकिएन
सँगै राखौं भन्ने बाचा राख्नै सकिएन
ओईली झरेछ राजै जोवनको फूल सबै ओईली झरेछ ।
न्याउलीको बेदनामा मेरै भाका बुझ्ने
झरनाका कलकलमा मेरै हाँसो रोज्ने
जीवनको घडि पल सारा क्षणहरूमा
खुसीका ती हजार हजार वर्ष बाँच्न खोज्ने
चोट खाई एकै छिनमा संसार डढेछ
कोयलीको सुसेलीमा मेरै गीत बुझ्ने
बतासको सुसाईमा मेरै प्रीत रोज्ने
जीवनको उजेलीमा कालो अँधेरीमा
सधैभरि साथ दिने बाचा गर्न खोज्ने
हिंड्न नपाई दोबाटोमै साथ छुटेछ