सडक जिन्दगी हो सडक हो नियती
कोही हिंड्छन् हाँस्दै कोही पिट्छ छाती
कतिले बुझे खै, कतिले बिचारे
सडक तिर्सना हो, सडक हो चुनौती
नदेखिने ठाउँ जाहाँ मोड हुन्छ
जहाँ चाहनाको पनि खोर हुन्छ
तैयारी हो खाली, यो मान्छेको जुनि
घरि खप्न आँधी, घरि चढ्न सुली
यो बाटो कहिले, चितासम्म पुग्छ
जब पर्छ विध्न, नचिने झैं गर्छ
कतिले बुझे खै ....
अँध्यारो पछि झन् अँध्यारो छ अर्को
यो आँखा उज्याला, बनाएर के भो
कहाँ पुगीने हो अनिच्छा यो बोकी
बनेको छ यात्रा थकाईको खोजी
यो बाटो कहिले ऽऽऽऽ कलेजीमा दुःख्छ,
जुटाउने साटो फुटाउन पुग्छ
कतिले बुझे खै ...