Samhali Raakha Aankhabharikaa - Prakash Gurung
सम्हाली राख आँखाभरिका - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Bhushan Kharel

शब्द: भुषण खरेल
Lyrics
Nepali
Transliterated

सम्हाली राख आँखाभरिका चाहनालाई
कहिँ कतै छचल्केर पोखिइ जाला

कस्को मनमा के हुन्छ बुझ्न खसले सक्छ
माया घृणा जे हुन्छ भन्न कसले सक्छ
भवरा नै हो त्यो आउँछ जान्छ लोभ्याएर
आँसुको सागर यहाँ उपहार छोडेर
सम्हाली राख आँखाभरिका

जिन्दगी यो यस्तै हुन्छ घाम पानी सहनु पर्छ
हाँसो खोज्दा धेरैचोटी आँसु अंगाल्नु पर्छ
किनारा नै हो त्यो आउँछ लग्छ देखाएर
यात्रीको खुशीहरू मुटुभरि सुम्पेर
सम्हाली राख आँखाभरिका चाहनालाई
कहिँ कतै छचल्केर पोखिइ जाला