Samudrako Mayale - Meena Niraula
समुद्रको मायाले - मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'

सङ्गीत: आभास
मूल गायन: आभास
Lyrics
Nepali
Transliterated

समुद्रको मायाले फर्किदैछ फेरि घाम
कहिले म फर्किनु दिनरात कामैकाम

मेरो देशमा यो बेला फर्के होलान् गोठाला
झ्याउकिरीको गीतसंगै छुटे होलान् खेताला
विरानो यो देशमा कसले कसको सोध्छ नाम
कहिले म फर्किनु दिनरात कामैकाम

बनाउँछु भत्किन्छ बालुवामा हिमाल
कसले देख्छ भीडमा रोइहिंडेको नेपाल
लाग्छ नि त लाग्न त अहिले नै फर्किजाम्
कहिले म फर्किनु दिनरात कामैकाम