Sannaniko Galaimaa - Phatteman
सान्नानीको गालैमा - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - January 2009'
Singer: Phatteman
Composer: Nati Kaji
Lyricist: Sahadev Rana

सङ्गीत: नातीकाजी
शब्द: सहदेव राणा
Lyrics
Nepali
Transliterated

सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने

भगाई लैजाऊँ भनेदेखि, खिस्सी गर्छन हेर
कति कुरी बस्नु मैले, नगर न बेर
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने

धेरै कुर्दा केश फुल्छ, पीरै मात्र बढ्छ
गुराँस जस्तो जोवन हाम्रो, ब्यर्थै भुइँमा झर्छ
झिमझिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँसु झल्काउने
सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने