Sabai Aaphno Bhannu - Prakash Gurung
सबै आफ्नो भन्नु - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Bijay Shivakotee

शब्द: विजय शिवाकोटी
Lyrics
Nepali
Transliterated

सबै आफ्नो भन्नु मात्रै परिआउँदा पर
हुन्न रैछ जिन्दगीमा कसैको नि भर राजै,
कसैको नि भर हो...

यात्रामा जिन्दगीले, धेरै काँडा भेटे, हो ऽऽ हो ऽऽऽ
कहि फूल देखे पनि, काडालाई नै टेके
बिसाउनलाई पीर मैले कहीं पाइन घर
हुन्न रैछ ...

दैब जस्तो लागे पनि, मनको पापी भेटे, हा ऽऽ हो ऽऽ
चोट दिदां आफ्नो मनलाई आफ्नै मनले सेके
किन किन लाग्छ बरै मान्छेदेखि डर
हुन्न रैछ ...