शिरको टोपी भुईँमा राखी म गर्छु विनती
गाउँले भाइ हो शरणमा एक्ली मालती
लुईटेल भञ्ज्याङ म कुरी रहुँला चौतारी चीनेर
खोजेर गाउँको बटुवा कोही आउँछ कि भनेर
घरमा जाने माइत आउँने छोरी र बेटी हो
तिज र तिहार त्यही बाटो आउनु मेरीलाई भेटी हो
पुवाली गाई बगाई आँसु रोई रैछ गोठमा
के भनी जाउँ बोल्दैन मूर्ति तुलसी मठमा
तुलसी मठमा चढाई जान्छु पूmल र पाती यो
बोलुँ त आँसु छचल्कि आउँछ नबोल्नु जाती हो