Sochchhu Ma - Suman Thapa
सोच्छु म - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

एक्लो हुँदा सोच्छु म, कोही साथ होस्
भीडमा हुँदा सोच्छु म, एकान्त होस्
दिनमा सोच्छु म, रात होस्
तर किन यहाँ मैले सोचेको हुँदैन ?
तर किन मेरो सोचाइले तिम्रो मन छुदैन ?
सोच्छु म यस्तो सोच्छु !

सोच्छु म यो संसार सानो खोर हो
यही खोरमा म गिनीपिग यताउता गरिरहेछु
सोच्छु म यो संसार केवल भ्रम हो
म आफैँ यो संसारको रचना गरिरहेछु
सोच्छु म केवल बाँच्नलाई सम्झनामा
तिमीबिना मरिरहेछु

सोच्छु म यस्तो सोच्छु !
सायद तिमी मेरो साथ भएको भए, यस्तो सोच्दिनथेँ
सायद तिम्रो साथ पाएको भए, म सोच्दैसोच्दिनथेँ
सोच्छु म यस्तो सोच्छु !