Soche Jasto Hunna Jeevan - Meena Niraula
सोचेजस्तो हुन्न जीवन - मीना निरौला
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Singer: Meena Niraula
Composer: Nati Kaji
Lyricist: Dinesh Adhikari
Original Singer: Tara Devi

सङ्गीत: नातीकाजी
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो, उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन

पीरहरू बटुलेर रोइरहुँजस्तो लाग्छ
खुसीहरू समेटेर हाँसिरहुँजस्तो लाग्छ
आँसु–आँसु हुन्न जीवन
खुसी–खुसी हुन्न जीवन
जस्तो भेट्यो, उस्तै हुन्छ
रोजेजस्तो हुन्न जीवन

घाम ताप्न पर्खी बस्यो, पानी उसै बर्सिदिन्छ
अँधेरोमै रमूँभन्दा उज्यालो पो सल्किदिन्छ
पानी पर्नु पनि जीवन
घाम लाग्नु पनि जीवन
यौटा रोज्यो, अर्कै मिल्छ
खोजेजस्तो हुन्न जीवन